पोखरा महोत्सवको फोटोग्राफी पार्टनरमा ‘मयुरटाइम्स’
कास्की | पुस ५, २०७९
पोखरा: एघारौं पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रा.लि.ले फोटोेग्राफी पार्टनरको रुपमा साथ दिने भएको छ । आगामी पुष २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रालिले आधिकारिक फोटोग्राफीको जिम्मा पाएको हो ।
मंगलबार एक कार्यक्रमकाबीच मयुरटाइम्स न्युजका संचालक प्रविन मगर र एघारौ पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
सो अवसरमा वोल्दै मयुरटाइम्स न्युजका संचालक प्रविन मगरले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई फोटोग्राफीमार्फत महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
पोखरा महोत्सव आफैमा ब्राण्ड र यसले गर्ने सामाजिक काममार्फत सम्पूर्ण पोखरेलीको मन जित्न सफल भएकाले आफ्नो संस्थाले पोखरा महोत्सवको फोटोग्राफी पार्टनरको रुपमा काम गर्न पाउदा खुसी लागेको मगरको भनाइ रहेको थियो ।
त्यस्तै पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई फोटोग्राफीको माध्मबाट संचित गर्न आफुहरु यसअघिको महोत्सवहरुमा सफल भएको बताउदै मयुरटाइम्सलेसमेत त्यसलाई निरन्तरता दिन आग्रह गरे ।
पोखरा महोत्सवको सम्पूर्ण गतिविधीहरुआयोजकको पेज तथा मयुरटाइम्स न्यूज र लोडिङ नेपालको पेजबाट हेर्न सकिने बताइएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

